१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

देउवाले बोलाए कांग्रेसका शीर्ष नेताहरुको बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना अति निकट सहयोगी एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेकै दिन देउवाले शीर्ष नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

आफ्नो निवास धुम्बाराहीमा बस्न लागेको बैठकमा नक्कली शरणार्थी प्रकरण र खाँण पक्राउबारे छलफल हुनसक्ने बताइएको छ । बैठकमा अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।

यसअघि आजै दिउँसो देउवा, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ५ : ३२ बजे

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७