२ चैत्र २०८२, सोमबार | March 17, 2026

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु

काठमाडौं । संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सोमबार सिंहदरबारमा परिषद्को बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन्…