काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सर्वदलीय बैठकबाट एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिएका दलहरुबीच भैरहेको छलफलबाट ओली बाहिरिएका हुन् । बैठकमा माघ ५ गते हुने सभामुखको निर्वाचन, केहीसमयभित्रै हुन लागेको राष्ट्रपति निर्वाचनका विषयमा छलफल भैरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई समर्थन जनाउने दलहरुको बीचमा छलफल गरी…