बझाङ । साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको परिवारमा सात जना छन् । गाउँमै बस्ने उनीहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो । दुई वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा सङ्कलनमा हिमाल चढ्छन् । यसबाट तामाङको परिवारले पाँच–छ लाख आम्दानी गर्दछ । त्योबाहेक उहाँहरूको आम्दानीको स्रोत अन्य केही छैन । एक महिना पुग्ने गरी मात्रै खाद्यान्न…