२५ मंसिर २०८०, सोमबार | December 11, 2023

सरकार र राहत शिक्षकहरुबीच ५ बुँदे सहमति, सडक आन्दोलन फिर्ता



काठमाडौं । सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति भएको छ। सहमति भएसँगै राहत शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ ।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो । त्यसपछि शिक्षकहरुले आन्दोलन फिर्ता छन्।
शिक्षकहरुका माग सम्बोधन गर्न शिक्षा विधेयकलाई संशोधन गर्ने लगायतका पाँच बुँदे सहमति भएको शिक्षा मन्त्री अशोक राईले बताए ।

वार्तामा सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र राज्यमन्त्री प्रमिला कुमारी सहभागी थिए । यसैगरी शिक्षकहरुको तर्फबाट नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरलगायत सहभागी थिए।

सहमतिअनुसार आन्तरिक प्रतिस्पर्धालाई शतप्रतिशत पुर्याइने भएको छ । ‘राहत शिक्षक स्थायी भएका खण्डमा अस्थायी सेवा अवधि पनि शतप्रतिशत नै गणना गर्ने सहमति भएको छ, हामीले अहिलेलाई आन्दोलन फिर्ता लियौं।’ शिक्षकका प्रतिनिधि अधिकारीले बताए । उनले सहमतिबाट सरकार पछि नहट्ने विश्वास व्यक्त गरे ।

‘राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिसमेतको नामबाट काठमाडौंको माइतीघर(बानेश्वर केन्द्रित विरोधसहितका सबै किसिमका कार्यक्रम आजको मितिबाट बन्द गरी अन्त्य गर्ने र सार्वजनिक लगायत सबै किसिमका विद्यालय अध्ययन अध्यापनलाई नियमित गरी पठनपाठन सञ्चालन गर्ने पनि सहमति भएको छ,’ उनले भने।

शिक्षा विधेयकको विरोधमा असोज ३ गतेबाट आन्दोलनमा उत्रिएका शिक्षकहरुमध्ये शिक्षकहरुको यौटा समुहले यसअघि नै सरकारसँग सहमति गरी आन्दोलन फिर्ता लिएको थियो । तर ४० हजार राहत शिक्षहरुको प्रतिनिधित्व गर्दै नेपाल राहत शिक्षक केन्द्रीय समितिले भने सो सहमतिमा समर्थन नरहेको भन्दै आन्दोलन जारी राखेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ४ : ४४ बजे

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको