६ पुस २०८२, आइतबार | December 21, 2025

प्रतिनिधिसभाको बैठक १ बजे सम्मका लागि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए । उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो ।