१० भदौ २०८३, बुधबार | August 26, 2026

एसिसी प्रिमियर कप : नेपाल आज कतारसँग भिडदै !



काठमाडौं । काठमाडौंमा जारी एसिसी प्रिमियर कप वानडे क्रिकेट प्रतियोगितामा नेपालले आज समूह चरणको अन्तिम खेलमा कतारसँग खेल्दैछ । नेपाल र कतारबीचको खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

अपराजित रहेको नेपाली टोली कतारविरुद्ध पनि सहज जितको खोजीमा छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।

दोस्रो खेलमा ओमानविरुद्ध ८४ रनको जित निकालेको नेपालले वर्षाका कारण साउदी अरेबियासँग भने अंक बाँड्यो । समूह ‘ए’ कै कतारले भने अहिलेसम्म जित हात पार्न सकेको छैन ।

ऊ पहिलो खेलमा ओमानसँग ४० रन, दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध ७ विकेट तथा तेस्रो खेलमा मलेसियासँग ३ विकेटले पराजित भयो । सेमिफाइनल दौडबाट बाहिरिसकेको कतार अन्तिम खेलमा आयोजक नेपाललाई स्तब्ध पार्दै इतिहास रच्न चाहन्छ ।

लामो समयदेखि अपराजित रहेको नेपालविरुद्ध जित निकाल्न कतारलाई सहज छैन । हेड टु हेडको कुरा गर्दा अहिलेसम्म नेपाल र कतारले एक वानडे खेलमा प्रतिस्पर्धा गरेका छन् । सन् २००८ मा भएको एसिसी ट्रफी एलिटमा भएको खेलमा नेपालले कतारलाई ७ विकेटले हराएको थियो ।

नेपाल एसिसी प्रिमियर कपमा पनि कतारविरुद्ध फराकिलो जित निकाल्ने सोचमा छ । समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाए ।

कतारलाई हराएमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । समूह ‘बी’ बाट यूएईले सेमिफाइनलको टिकट काटेको छ । यो समूहबाट दोस्रो टोलीको रूपमा आज हङकङ र कुवेतबीचको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।

१८ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताका खेल त्रिवि र मूलपानी मैदानमा भइरहेका छन् । प्रतियोगिताको फाइनल खेल १८ वैशाखमा त्रिवि मैदानमा हुनेछ ।

१० टोलीको सहभागिता हरेको प्रतियोगिताको उपाधि जित्ने टिमले आउँदो एसिया कप खेल्न पाउने छ । त्यस्तै, शीर्ष तीनमा रहने टोली एसिसी इमर्जिङ कपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ७ : १५ बजे

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार