काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भू-भागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । दिउँसो पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना…