काठमाडौं । तत्कालीन संविधानसभाका सभाध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै गरिने भएको छ। एमालेले शोक विज्ञप्ति जारी गर्दै स्वर्गिय नेता नेम्वाङको बिहीबारमात्रै अन्त्येटि गरिने जानकारी दिएको छ। नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएपछि बिहीबार अन्त्येटि गरिने भएको हो। विज्ञप्तिमा उनको शव बुधबार १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिने र त्यसपछि पारिवारिक…