बुटवल । लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको देउखुरीबाट पुस ११ गते सोमबारबाट प्रदेश सभा सचिवालयको सबै कामकाज सुरु गर्ने भएको छ । बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्न लागिएको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार सोमबारदेखि सचिवालयको सबै काम देउखुरीबाट हुनेछ ।…