चितवन । पहिरोले नारायणघाट मुग्लिन(नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । काली खोला नजिकै शनिबार अपरान्ह ४ बजेतिर सुख्खा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको टोली कालीखोला पुग्दैछ । थप पहिरो नझरे पहिरो पन्छाउन पाँच घण्टाजति लाग्नसक्ने कार्यालयले जनाएको छ । पटकपटक पहिरो जाँदा यो सडकखण्ड अवरुद्ध हुँदैआएको छ…