११ श्रावण २०८३, सोमबार | July 27, 2026

मेसीकाे उत्कृष्ट पासमा अल्भारेजकाे दाेस्राे गाेल, अर्जेन्टिना ३-० ले अगाडि

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को अहिले भइरहेको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध ३–० गोलको अग्रता लिएको छ । ६९ औं मिनेटमा मेस्सीले शानदार मुभ बनाउँदा जुलियान अल्भारेजका लागि पास उपलब्ध गराएका थिए । त्यसअघि मेस्सीले ३४ र अल्भारेजले ३९ औं मिनेटमा गोल गरेका थिए ।