काठमाडौं । नेकपा (एमाले)ले कारबाही गरेपछि मातृभूमि जागरण अभियान, नेपाल सञ्चालन गर्दै आएका भीम रावल अब नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् । नेपाली कम्युनिस्ट पार्टीले यही कात्तिक २६ गते दिउँसो १ः३० बजे राष्ट्रिय सभागृहमा रावललाई पार्टीमा भित्र्याउने औपचारिक कार्यक्रम आयोजना गर्ने जनाएको छ । उक्त कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक…