काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाबारे गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाउँदै गल्ती गर्ने व्यक्तिहरूमाथि कारबाही गर्न सिफारिस गरेको जनाएको छ। आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगले घटनासँग सम्बन्धित तथ्यहरूको विस्तृत अध्ययन गरी प्रमाणका आधारमा सुझाव र सिफारिस पेश गरेको बताए।…