काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ । महाधिवेशन सम्पन्न भएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठक शुक्रबार दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजना हुने भएको छ । भक्तपुरमा मंसिर २७ गते उद्घाटन भई सुरु भएको एमालेको ११औँ महाधिवेशन पुस ३ गते बिहीबार नयाँ…