काठमाडौं । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले मंगलबारदेखि लागु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लिखित राजीनामा पत्र बुझाएका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, डा. अर्यालले “संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५” को दफा ६ (क) बमोजिम मिति २०८२ साल…