४ चैत्र २०८२, बुधबार | March 18, 2026

जेनजी आन्दोलनमा घाइते देउवा दम्पती थप उपचारका लागि सिंगापुर प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनमा घाइते भएपछि थप उपचारका लागि सोमबार राति सिंगापुर प्रस्थान गरेका छन् । उनी पत्नी तथा सांसद डा. आरजु राणा देउवासहित सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ गएका हुन् । भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित देउवा निवासमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा देउवा दम्पती घाइते भएका थिए…