काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले बिहीबार (आज) इटालीसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै विश्वकपमा पहिलो अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ । नेपाल र इटालीबीचको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुनेछ । इंग्ल्यान्डविरुद्ध १८५ रनको लक्ष्य…