५ चैत्र २०८२, बिहिबार | March 19, 2026

पदाधिकारी बैठकमा गगन थापाले राखे नियमित महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले उक्त प्रस्ताव अघि सारेका हुन्। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वमहामन्त्री शशांक कोइरालाले थापाको प्रस्तावबारे जानकारी दिँदै भने, “बैठकमा महामन्त्री गगन थापाले नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेश गर्नुभएको छ।”…