जनकपुर । नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच कुनै मतभेद नरहेको दाबी गरेका छन्। आइतबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासेठले हाल मिडियामा भण्डारी र ओलीबीच मतभेद भएको र पार्टीभित्र समूहबन्दी भएको भनेर आउने खबरहरूमा कुनै सत्यता नरहेको बताए। उनले भने, “बजारमा हल्ला चलेको छ कि अध्यक्ष ओली…