१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन



काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । स्वास्थ्यमा अचानक समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका थापाको आज बिहान उपचारकै क्रममा निधन भएको हो ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार हृदयघातका कारण ६० वर्षको थापाको निधन भएको हो ।

नेपाली चलचित्रमा विशेषगरी खलनायक भूमिकामा सशक्त अभिनयमार्फत चिनिनु भएका थापा ‘राते काइँला’ नामले अत्यन्त लोकप्रिय थिए । उनको अभिनयले नेपाली चलचित्रमा खलनायक पात्रलाई नयाँ उचाइ दिएको मानिन्छ ।

लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहेका थापा पछिल्लो समय काठमाडौंको शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए ।

उनको निधनले नेपाली चलचित्र क्षेत्रले एक अनुभवी, प्रभावशाली र समर्पित कलाकार गुमाएको भन्दै कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूले गहिरो शोक व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ९ : ३१ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका