काठमाडौं । लगातार वर्षासँगै बढेको पहिरोको जोखिमका कारण मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार साँझ ६ बजेदेखि सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिएको हो । सडक डिभिजनका अधिकारीहरूका अनुसार हाल देशका अधिकांश भूभागमा अविरल वर्षा भइरहेको र विशेषगरी तुइन खोलालगायतका क्षेत्रमा पहिरोको जोखिम अत्यधिक रहेकोले सावधानीस्वरूप सडक…