काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दलहरु र जेनजी प्रतिनिधिहरुबीच त्रिपक्षीय वार्ता भैरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट वार्ता सुरु भएको हो । बैठकमा मुख्य राजनीतिक दलका नेताहरुसहित जेनजीबाट १३ जना प्रतिनिधि सहभागी भएका छन् । सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र संचारमन्त्री जगदीश खरेल एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार…