रौतहट । रौतहटको गौर नगरपालिका-९, गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोड नजिक सुटकेस भित्र एक महिलाको शव फेला परेको छ । शनिबार राति करिब ८ बजे सडकको पश्चिम किनारमा फालिएको अवस्थामा डोरीले बेरिएको सुटकेस स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटको टोली घटनास्थल पुगेपछि सुटकेसमा शव रहेको पुष्टि भएको हो…