बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११ औं महाधिवेशनको बन्दसत्र सुरु भएकै दिन नेकपा एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्कीले एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । नेकपा एमाले रुपन्देहीका वर्तमान सचिव एवं एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकिय सचिव पूर्वनगर प्रमुख कार्की…