बुटवल । शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्धबाबास्थित हेडबक्स नजिकै पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । पहिरोले सडक अवरुद्ध भएसँगै बुटवलदेखि पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका गन्तव्यमा हिडेका यात्रु तथा सवारी अलपत्र परेका छन्…