१५ भदौ २०८३, सोमबार | August 31, 2026

रामहरी खतिवडालाई समिति सभापतिबाट राजीनामा दिन प्रचण्डको सुझाव



काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जनाएका छन् ।

हालै संसदवाट पारित भएको संघीय निजामती सेवा बिधेयकको प्रतिवेदनमा ‘२ वर्षे कुलिङ पिरियड’ सम्बन्धी त्रुटिका बारेमा बोल्दै उनले सभापति खतिवडाले राजिनामा दिनु पर्ने बताएका हुन् ।

आज राष्ट्रिय सभागृहमा अनेरास्ववियु (क्रान्तिकारी)ले आयोजना गरेको ‘विद्यार्थीसँग प्रचण्ड संवाद कार्यक्रम’ मा बोल्दै सो राजिनामा मागेका हुन् । ‘रामहरिजी नैतिक जिम्मेवार ठहरिनुभएको छ, उहाँलाई नैतिक रूपमा सभापतिमा बस्ने आधार छैन्,’ उनले भने, ‘अब राजीनामा दिएर राजनीतिक व्यक्तित्वको सुरक्षा गर्नुपर्छ।’

विशेष संसदीय छानबिन समितिको प्रतिवेदनले पनि सभापतिको हैसियतमा खतिवडाले नैतिक जिम्मेवार लिनु पर्ने गरी प्रतिबेदन बुझाएको थियो । प्रचण्डले उक्त विधेकमाथि भएको त्रुटिको जिम्मेवारी खतिवडाले मात्र नभएर सिंगो सदनले लिनुपर्नेमा पनि जोड गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहिबार  ५ : २८ बजे

बाढीले विद्यालय मेटायो, बचेको बसमा पनि तोडफोड

नुवाकोट । विनाशकारी बाढीले भौतिक संरचना ध्वस्त बनाएको नुवाकोटको ऐतिहासिक

अविरल वर्षा र बाढीपछि देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत