१५ पुस २०८२, मंगलबार | December 31, 2025

राजावादीहरुले लगाएको आगजनीमा परि पत्रकार सुरेश रजकको मृत्यु

काठमाडौं । राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको मृत्यु भएको छ। राजसंस्था पुनस्स्थापनाको आन्दोलनका क्रममा राजावादीहरुले गरेको आगजनीमा परेर उनको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। तीनकुनेको घरबाट उनले लाइभ गरिरहेका थिए। त्यसक्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर मृत्यु भएको हो। उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले…