काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी लिइएको छ ।…