२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आईसीसी विश्वकप लिग-२ : नेपाललाई नेदरल्यान्ड्सले दियो २२६ रनको लक्ष्य



काठमाडौं । नेदरल्यान्ड्सले आईसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालसामु २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा सबै विकेट गुमाएर २२५ रनको योगफल खडा गरेको हो ।

नेदरल्यान्ड्सका नोआह क्रोएसले सर्वाधिक ४८ रन बनाए । उनले ५५ बलमा पाँच चौका प्रहार गरे । कप्तान स्कट एडवार्ड्सले ४६ रन बनाए । उनले ७१ बलमा चार चौका प्रहार गरे । विक्रमजित सिंहले ३८ रन जोडे ।

नेपालका सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले दुई-दुई विकेट लिए ।

लिग-२ को आफ्नो चौथो चरणअन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ७ : ५४ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका