७ आश्विन २०८३, बुधबार | September 23, 2026

संसद्को अवरोध हटाउन ‘अधिकतम पहल गर्ने’ माओवादीको निर्णय



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संसद्को अवरोध हटाउन ‘अधिकतम पहल गर्ने’ निर्णय गरेको छ । बिहीबार (जेठ २२) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकबाट रचनात्मक ढंगले निकास निकाल्न पहल गर्ने निर्णय गरिएको हो ।

“हामी जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहनेछ । सिर्जनात्मक रचनात्मक ढंगले हामी निकास निकाल्न लाग्नेछौँ,” बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।

उनले भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य भएको बताए । व्यक्तिविशेषप्रति आफूहरूको कुनै ध्यान नभएको उनले उल्लेख गरे । उनले सरकार र विपक्षी नेतासँग छलफल गर्ने पनि बताए ।

“सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने ढंगले संसद् हिजो स्थगित भएको छ । विशेषतः सरकार र विपक्षी पार्टीसँग छलफल हुनेछ,” उनले भने ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  १२ : ३७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज