काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले अवरोध र नारावाजी गरेपछि प्रतिनिधिसभाको बैठक आधा घण्टा स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन खोजे पनि प्रतिपक्षी दलका सांसदहरुले नारावाजी गरिरहेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो । विपक्षी दलका सांसदहरु आआफ्नो स्थानमा उठिरहेको बेला…