७ आश्विन २०८३, बुधबार | September 23, 2026

मानवअधिकार आयोगले भन्यो – उत्तेजना फैलाउने खालको प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समाजमा उत्तेजना फैलाउने अभिव्यक्ति नदिन सचेत गराएको छ ।

प्रधानमन्त्री ओलीले हिजो जेठ १५ गते काठमाडौंमा एमालेको नियन्त्रण हुनुपर्छ भन्दै दिएको अभिव्यक्ति चिन्ताजनक रहेको उल्लेख गर्दै आयोगले त्यस्ता उत्तेजित अभिव्यक्ति नदिन भनेको हो । सोमबार आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानूनले निषेध गरेको छैन। यस परिस्थितिमा अरूको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।’

जेठ १५ गते नवराज सुवेदी नेतृत्वको राजावादीहरुले सुरु गर्न लागेको आन्दोलनप्रति लक्षित गर्दै ओलीले सो दिन काठमाडौं एमालेको कब्जामा हुनुपर्ने अभिव्यक्ति दिएका थिए । आयोगको विज्ञप्तिमा, ‘जुनसुकै व्यक्ति, समूह र पार्टीलाई आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि अरूप्रति लक्षित गरी मूठभेड निम्तिन सक्ने गरी उत्तेजनापूर्ण अभिव्यक्ति आउनु मानव अधिकारका मूल्यमान्यताको समेत विपरीत हुन जान्छ।’ उल्लेख गरिएको छ ।

राजधानी लगायतका क्षेत्रमा शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षा निकायलाई आग्रह गर्दै आयोगले अभिव्यक्ति दिँदा संयमित हुन, नकारात्मक टीकाटिप्पणी नगर्न सबैलाई सुझाव समेत दिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ४ : २१ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११