काठमाडौं । काठमाडौंको तीनकुनेमा राजसंस्था पुनस्स्थापनाको आन्दोलन हिंस्रक बनेपछि सरकार आक्रामक बनेको छ। राजावादीहरूको आन्दोलनमा दुई जनाको ज्यान गएपछि सरकारले उक्त आन्दोलनमा प्रत्यक्ष(अप्रत्यक्ष संलग्नहरूमाथि कडा कारबाही थाल्ने रणनीति बनाएको छ। शुक्रबार तीनकुनेमा राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजत र सविन महर्जनको मृत्यु भएको थियो। सवारीसाधन, निजी तथा सरकारी कार्यालय, पार्टी कार्यालय, निजी सम्पत्तिमा आगजनी तथा तोडफोड…