बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही आउने भएका छन् । दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा सहभागी हुनेछन् । अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार आज बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया-६ मा अवस्थित रामजानकी जमुहानी पोखरा…