७ बैशाख २०८३, सोमबार | April 20, 2026

प्रथम सुनगाभा सैनामैना गोल्डकप-२०८१ को फाइनल आज, अध्यक्ष प्रचण्ड सहभागी हुने



बुटवल । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप-२०८१ को फाइनल प्रतिस्पर्धा आज हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा सैनामैना-४ मुर्गियामा रहेको सैनामैना फुटबल रंगशालामा जारी प्रतियोगिताको उपाधिका लागि कपिलवस्तु-११ र अभिषेक चर्च रजहर बीच प्रतिस्पर्धा हुन लागेको हो ।

दिउँसो २ बजेदेखि हुने उपाधि प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत सम्बोधनका लागि सहभागी हुने आयोजकले जनाएको छ ।

यही फागुन २२ गतेदेखि जारी प्रतियोगितामा भारतीय क्लबसहित नेपालका दुई विभागीय, आयोजक तथा विभिन्न क्लब गरी १० समुहको सहभागिता रहेको थियो । नकआउटका आधारमा खेलाइएको खेलमा कपिलवस्तु ११ ले आयोजक मुर्गिया फुटबल क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने अभिषेक चर्चले काठमाडौंको महावीर क्लबलाई पराजित गरेको थियो ।

सैनामैनामा नगरपालिकाको संरक्षकत्व तथा आर्थि सहयोगमा आयोजना गरिएको प्रतियोगितालाई सुनगाभा पब्लिक स्कुलले मुख्य प्रायोजन गरेको थियो । प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी उपविजेता समुहले नगद ४ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । नकआउटका आधारमा हुने प्रतियोगिताको अन्तिम चारमा पुग्ने अन्य २ समुहलाई समान ४०-४० हजार रुपैयाँ नगद राशी प्रादन गरिने छ ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल रक्षक र उदयीमान खेलाडीलाई समान १५ हजार रुपैयाँ नगद राशीले सम्मान गरिँदै छ । यसैगरी प्रत्येक खेलमा म्याद अफ दी म्याचलाई नगद ५ हजार पुरस्कार राशी प्रदान गरिएको थियो । प्रतियोगितामा आयोजक सहित विभागीय टोलीहरु नेपाल पुसिल र एपीएफ, भारतको सिक्किमको डिजोंग्री क्लब, महाविर क्लब काठमाडौं, अभिषेक क्लब रजहर नवलपुर, हनामी बिएफसी चितवन, कपिलवस्तु-११, गोर्खा ब्वाइज रुपन्देही र फर्साटिकर युथ क्लब रुपन्देही सहभागी छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : ५१ बजे

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो

असिनाले ७४ सवारीसाधनमा क्षति

चितवन । जिल्लामा आइतबार साँझ आएको असिना सहितका पानीबाट ७४

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै