काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर राजावादीहरु पुग्नेक्रम शुरु भएको छ । विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला भएका राजावादीहरुले नाराबाजी शुरु गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौँमा स्वागत गर्दै त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम अन्तर्गत राप्रपाका कार्यकर्ता र अन्य राजावादी अभियानमा जोडिएका राजवादीहरु विमानस्थल बाहिर भेला भएका हुन् । पुर्वराजा…