५ श्रावण २०८३, मंगलबार | July 22, 2026

राजावादीहरुले सक्रियता बढाएपछि माओवादीको जागरण अभियान स्थगित, आइतबार पदाधिकारी बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गरेको छ ।  पछिल्ला दिनहरुमा राजावादीहरुले सक्रियता बढाएका बेला माओवादी केन्द्रले अभियान स्थगित गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै अलोकप्रिय र लोकतन्त्रविरोधी कदमको कारण गणतन्त्रमाथि प्रहार हुन थालेको बताउँदै आएका छन् ।

प्रचण्ड आजै सिमाराबाट काठमाडौं आउने पनि बताइएको छ ।  त्यस्तै माओवादी केन्द्रले राजावादीहरुको पछिल्लो गतिविधि बारे छलफल गर्न आइतबार पदाधिकारी बैठक समेत बोलाएका बताइएको छ । फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको माओवादीको जागरण अभियान आज रौतहट पुगेको थियो ।

राजावादीहरुले आइतबार पूर्वराजा पोखराबाट काठमाडौँ फर्किने कार्यक्रमलाई भव्य बनाउन र ठुलो जनउपस्थिति देखाउन तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ६ : ४२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं