१६ चैत्र २०८२, सोमबार | March 30, 2026

साउदी अरबमा भएको सडक दुर्घटनामा पाल्पा, कपिलवस्तु र उदयपुरका तीन नेपालीको मृत्यु

काठमाडौं । साउदी अरबमा भएको सडक दुर्घटनामा परी तीन जना नेपालीसहित १५ जनाको मृत्यु भएको छ । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोड नजिकै गत सोमबार श्रमिक सवार भ्यान र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो । जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको मृत्यु…