२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

साउदी अरबमा भएको सडक दुर्घटनामा पाल्पा, कपिलवस्तु र उदयपुरका तीन नेपालीको मृत्यु



काठमाडौं । साउदी अरबमा भएको सडक दुर्घटनामा परी तीन जना नेपालीसहित १५ जनाको मृत्यु भएको छ । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोड नजिकै गत सोमबार श्रमिक सवार भ्यान र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो ।

जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर रानाको मृत्यु भएको छ । दुर्घटनामा भारतका ९ र घानाका ३ नागरिकको समेत ज्यान गएको छ ।

साउदी रेड क्रेसेन्टका प्रवक्ता अहम्मद असिरीका अनुसार गम्भीर घाइते भएका ११ जनाको जिजान र आभा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये इलामका सुकबहादुर लिम्बूको अवस्था गम्भीर रहेको छ । जिजानको बाइस अस्पतालमा उनको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ८ : १९ बजे

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै

बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै