बुटवल । अंग्रेज फ्रौजलाई हराएर इतिहास कायम गरेको दिन बैशाख ७ गते बुटवलको ऐतिहासिक जितगढी किल्लामा देशभक्तिपूर्ण गीत संगीतका साथ जितगढी विजय उत्सव मनाइने भएको छ । ईष्ट इण्डियाको कम्पनी फौजलाई पराजित गर्दै मातृभूमी जोगाउको दिन पारेर आइतबार 'जितगढी विजयी उत्सव साँस्कृतिक साँझ-२०८२' आयोजना हुने भएको हो । हरेक वर्ष बैशाख ७ गतेका दिन मनाउँदै…