३० बैशाख २०८३, बुधबार | May 13, 2026

माग दावी विपरित फैसला आएपछि विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले विभिन्न मितिमा गरेको फैसला विरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

आयोगले सुनसरीका तत्कालीन जिल्ला समन्वय प्रमुख गोपाल राजभण्डारी विरुद्ध रु ८० लाख ५२ हजार बराबरको भ्रष्टाचार गरेको अभियोगमा कैद सजाय र जरिवानाको माग दावी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेषले २०८१ वैशाख २४ गते फैसला गरेको थियो । सो फैसला विरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

यस्तै, कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसमेतका प्रतिवादी विरुद्ध आयोगले रु २८ लाख ३७ हजार दुई सय १७ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामाविशेषले २०८१ जेठ २० गते फैसला गरेको थियो ।

आयोगले रु ३८ लाख ७६ हजार दुइृ सय ७० बराबरको भ्रष्टाचार गरेको अभियोगमा महावै गाउँपालिका कालिकोटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह समेतका प्रतिवादी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले २०८१ भदौ एक गते फैसला गरेको थियो ।

त्यस्तै, आयोगले शैल्यशखिर गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट समेतका प्रतिवादी रु २६ लाख दुई हजार पाँच सय ५६ बराबरको भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले २०८० फागुन २२ गते फैसला गरेको थियो ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध रु १९ लाख दुई हजार दुई सय ३७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा आयोगले २०८१ असोज ६ गते फैसला गरेको थियो । विशेषले गरेको फैसला विरुद्ध आयोगले शुक्रबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ७ : १८ बजे

मन्त्रिपरिषद् : कार्यविभाजन नियमावली २०८३ स्वीकृत, विद्युतीय सुशासन आयोग आदेश संशोधन

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारको

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका-२ रातामाटेमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७,