काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन अघि पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुने बताएका छन् । काठमाडौं-४ मा शनिबार आयोजित चुनाव लक्षित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसले अब उम्मेदवार छनोट प्रक्रियामा प्राइमरी इलेक्सन प्रणाली लागू गर्ने स्पष्ट पारे । सभापति थापाका अनुसार आगामी निर्वाचनका लागि उम्मेदवार वडास्तरमै प्राइमरीमार्फत चयन…