२५ श्रावण २०८३, सोमबार | August 11, 2026

नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै, के छन् एजेन्डा ?

काठमाडौं । नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपराहन्न १ बजेदेखि शुरु हुने बताइएको छ । बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पूर्वराजाको सक्रियता तथा संगठनको गतिविधिका विषयमा छलफल हुने बुझिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको अपिलपछि राजतन्त्र समर्थकहरु सक्रिय भएपछि सरकारले दवाव महसुस गरिरहेका बेला बस्न लागेको…