४ माघ २०८२, आइतबार | January 18, 2026

आँखाभरि आँशु बनाएर प्रधानमन्त्रीले भने – ‘आरोही भनेपछि आफ्नै परिवारको सदस्यजस्तो लाग्छ’

काठमाडौं । आरोही, पर्यटन व्यवसायीलगायतका प्रतिनिधिले खचाखच नेपाल प्रज्ञा-प्रतिष्ठानको सभाहलमा आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको औपचारिक समारोह सञ्चालन भइरहेको थियो । आरोही कल्याणकारी कोष बनाउने घोषणा गरेर औपचारिक मन्तव्य समापन गर्नुअघि प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल प्रचण्डले विगत स्मरण गरे । उनी एक्कासी भक्कानिए । उनको गला अवरुद्ध भयो । आँखा रसाए । केहीछिनमा उनी सम्हालिए…