२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

माओवादी अध्यक्ष प्रचण्डद्वारा गुल्मीमा हेलीप्याड र पिस पार्कको उद्घाटन



तम्घास । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिप्याड तथा मालिका पिस पार्कको उद्घाटन गरेका छन् । बिहीबार मालिका गाउँपालिकाको वडा नम्बर ४ अर्खाबाङमा निर्माण भएको हेलिप्याडको उद्घाटन गरेका हुन् ।

सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रूपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गरिएको छ । मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थितिमा हेलिप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमूना हेलिप्याड निर्माण भएको बताए ।

देशका विभिन्न स्थानहरूमा निर्माण भएका हेलिप्याड भन्दा गुल्मीको हेलिप्याड उत्कृष्ट रहेको बताउँदै हेलिप्याडबाट विपद् तथा आपतकालीन अवस्थामा यहाँका नागरिकहरूको उद्धार तथा राहतमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।

दोस्रो पटक गुल्मी आएका प्रचण्डको उपस्थितिले यहाँका नागरिकहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्राप्त भएको यहाँका स्थानीयहरूको भनाइ छ । पालिका भित्र निर्माण गरिएका विकास निर्माणका कार्यहरूलाई जनप्रतिनिधि तथा जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले प्रत्यक्ष साक्षात्कार गराएका हुन् ।

केही समय पछि प्रचण्डले मालिका गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दै छन् । त्यस पश्चात प्रचण्डले आजै धुर्कोट गाउँपालिकामा निर्माण भएको सहिद पार्कको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  १ : ३६ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर