काठमाडौं । न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना ९२०८१/८२–२०८५/८६० आज सार्वजनिक गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले योजना सार्वजनिक गर्दै न्यायपालिका सुधारका लागि स्पष्ट खाका योजनामा समेटिएको बताए । “न्यायपालिकाको मुख्य काम स्वच्छ, निष्पक्ष, छिटोछरितो न्याय नै हो, न्यायमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी छ, सुशासन, जवाफदेहीता र न्यायको समग्र सुधार पाँचौँ पञ्चवर्षीय योजनाले गर्नेछ ।”…