बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा लागेको आगो भवनका सबै सामान जलेर नष्ट भएपछी निभेको छ । बिहीवार साँझ साढे ६ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर बल्ल निभेको हो । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिएपनी कम्प्लेक्स…