२४ असार २०८३, बुधबार | July 8, 2026

डेल्टामा लागेको आगलागी बस्तीमा फैलनबाट जोगियो, पूर्ण नियन्त्रणमा आउन अझै समय लाग्ने



बुटवल । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा भएको आगलागी अन्यत्र फैलनबाट नियन्त्रित अवस्थामा पुगेको छ । मार्टको तेस्रो तलाबाट सुरु भएको आगलागीका कारण बुटवलको मिलन चोकका २ पेट्रोल पम्प सहित दर्जनौ मानव बस्ती जोखिममा परेको थियो ।

मार्टका सम्पूर्ण समान जलेर नष्ट भएपनि आगलागीबाट बस्ती जोगाउने अवस्थामा पुगेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले बताए । आगलागीबाट डेल्टामार्टको सिङ्गो भवन जलेर ध्वस्त भएको छ ।

बुटवल सहित रुपन्देहीका बिभिन्न स्थानका ६ वटा दमकल आगलागी नियन्त्रणका लागि परिचालन गरिएको छ । आगलागी पूर्ण नियन्त्रणमा आउन अझै २-३ घण्टा लाग्न सक्ने डीएसपी पण्डीतले अनुमान गरेका छन् । आगलागी नियन्त्रणमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे सहित प्रहरी, स्थानीयबासी लगातार खटिएका छन् ।

आगलागी नियन्त्रणमा खटिएका नगर प्रमुख पाण्डेयले करीब ४ घण्टाको लामो प्रयासपछि बुटवल उपमहानगरपालिकाका २ दमकल, छिमेकी पालिकाहरू, सैनामैना, देवदह, रामग्राम, बाणगँगा, आयल निगम र एयरपोर्ट सहित धेरै ठाउका दमकल, सुरक्षा अधिकारीहरू, स्वयमसेवकहरू, उपस्थित स्थानीयको क्रियाशीलतामा आगो अन्य घरहरूमा फैलिन रोक्न सफल भएको जनाएका छन् । आगलागी नियन्त्रणका लागि सबै उपाय अपनाईए पनि क्षति रोक्न नसकेकोमा आफु दुःखित भएको उल्लेख गर्दै उनले बुटवललाई विपदका समयमा साथ दिने सबैलाई आभार प्रकट गरेका छन् ।

बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने मार्टका संचालक घनश्याम पाठकले बताए । शिक्षण पेशाका अगुवाहरुले संचालन गरेको डेल्टा मार्टको तल्लो तलामा जुत्ता बजार रहेको थियो भने अन्य तलामा ग्रोसरी, स्टेसनरी, खेल सामाग्री लगायतका सामाग्रीहरु बिक्रि वितरण हुँदै आएको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १० : ४४ बजे

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी । पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

राजेन्द्र राईको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद (डीपी) अर्याललाई लक्षित गर्दै नेकपा

नेपालगन्जमा एलजीका नयाँ उत्पादनहरुको ‘लञ्च’

नेपालगन्ज । एलजीले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै