१५ चैत्र २०८२, आइतबार | March 29, 2026

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच सहमति, आन्दोलन स्थगित

काठमाडौँ । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ४ बुँदे सहमति भएको छ । सिंहदरबारमा सोमबार अबेर सम्पन्न छलफलपछि ४ बुँदे सहमति भएको हो । मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारका बीच ३ महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने, ९ विषयको कार्यादेश हुनेगरी जाँचबुझ आयोग गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने लगायतको सहमति भएको छ…