२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले यही बुधबार फागुन ३० गते संसदमा विश्वासको मत लिन लागेका छन् ।

कांग्रेसले सो दिन प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरुलाई भनेको छ ।

उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो ।

आफुसँगको गठबन्धन अनेपेक्षित तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेपछि कांग्रेसले प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको निस्कर्ष निकालेको थियो । प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १ : १८ बजे

आज केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि