३० बैशाख २०८१, आइतबार | May 12, 2024

राष्ट्रियसभा अध्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता



काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ । मंगलबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।

उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्याइएको संघीय संसद् सचिवालयले जनाएको छ । सोमबार दिउँसो नै साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्ष पाउने समझदारी भएको थियो । गत सोमबार उनीहरूले आठ बुँदे समझदारी गरेका थिए । सोही अनुसार माओवादी केन्द्र नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मनोनितको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका उनको कार्यकाल चार वर्ष बाँकी छ । नेपाली कांग्रेसले भने बाँकेका युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी २०७८ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ८ : १९ बजे

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को